Header Ads Widget

Ticker

6/recent/ticker-posts

नैना मुर्छा परेर रुन थाली निधार बाट रगत बग्न थाल्यो नैना एउटा काकीले आफ्नो कपडा च्यातेर टाउकोमा बाधिदिनु भयो ।

 नैना मुर्छा परेर रुन थाली

निधार बाट रगत बग्न थाल्यो नैना एउटा काकीले आफ्नो कपडा च्यातेर टाउकोमा बाधिदिनु भयो ।


काकी त्यो पापिनी हो रोक्नुस न काकी मेरो आमालाई छुन पनि नदिनुस न काकी.... नैना मुर्छा परेर रुन थाली ।
नैना नानी यसरी नरोउ न काकीले अङगालो हाल्नुभयो ,
मेघ्ना आमा भन्दै चिच्याउदै गई तर आमाको अनुहार हेर्न पाइन ।
भुइमा बसेर आमा आमा भन्दै रुन थाली
छि छि यस्ता कु सन्तान हुन भन्दा सीता को कोख बाझो भएको राम्रो हुने थियो ।। गाउलेले मेघ्नालाई गालि गरे ।
मेघ्ना रिसाई
नैनालाई घरमा लगेर आराम गर्न लगाए ,
रबि जाउ अब यो गाउँ फर्केर आउदिन अनि सुन नैना जीवनमा एक पटक भए पनि तलाई मेरो पाउ छुन परोस यो मेरो सराप भयो भन्दै रबिसंग आफ्नो बाटो लागि
कति निर्दही रहिछ यो मेघ्ना कठै यी दुई कता जाने अब ,
ल त हजुर रित्तो डोली जान पर्यो यदि मन्जुर हुनुहुन्छ भने 13 दिन पछि नैनालाई लिएर जानुहोस हामी त के नै भन्न सक्छौ र गाउले ले भने
म नैनालाई लिएर आउने छु बाबा केटाले भने ।
तर छोरा 13 दिन पछि आउलास हुन्न ,
बाबा उसलाई सिन्दुर लगाएको छु कसरी मन मोड्न सक्छु र उनले भने ।
ल त के गरौ हामी त रित्तो डोलि फर्किन पर्यो भन्दै निरास हुँदै गए ।
केही समय पछि लास जलाएर फर्किए ।
नैना एकोहोरो टोलाउदै बसेकी थिईन
समीर रुदै नैना दिदी भन्दै उनको नजिकै आउन खोजे ।
छुन हुदैन बाबू गाउको काकाले भने ।
नैना अतितले बोलाए
निरास हुँदै अतीत तिर हेरि
नैना यसरी कमजोर नबन यार अतितले सम्झाए
ल ल अतीत उसले थोरै हिम्मत राखेर भनी
नैना तिमी मेघ्नाको बहिनी हौ मलाई थाहा छ हाम्रो बिहे भयो अब यसरी मन दुखि नबनाउ म दिपक हाम्रो परिचय त हुन पर्यो नि होइन र दिपकले भने ।
नैना केही बोलिन
हाम्रो बिहे एउटा सम्झौता मात्रै हो रुदै भनी
समिरलाई एउटा कुनामा राखियो
नैना पनि आमाको किरिया गरेर बसि ,
दिपकले धेरै सहयोग गरे ,
13 दिन पछि
गौत खाएर सकियो
नैना अब त आफ्नो घर जान पर्छ काकाले भने
दिपक जि एउटा सर्तमा म तपाईंको घर जान्छु नैनाले भनी
के सर्त भन नैना
मेरो भाइ समीर र मलाई त्यहि घरमा ठाउँ मिल्नु पर्छ नैनाले भनी
दिपक केही बोल्न सकेनन
मलाई र भाइ दुई जनालाई पढाउन पर्छ नैनाले भनी
दिपक अकमक्क परे
एक छिन है भन्दै पर गए
घरमा फोन गरे
बाबा उसले त सबैलाई लिएर आउछु भन्छ
आउने भए त्यसलाई मात्रै लिएर आइज दुनिया पाल्न मेरो घर आश्रम होइन यति भनेर फोन राखे
दिपक नैनाको नजिक आए
के सोच्नुभयो ,
तिमी मात्रै जाउ न
मेरो मन त्यति कठोर छैन तपाई जानुस म तपाई संग जान्न नैनाले भनी
पिल्ज जाउ न भाइ यतै कतै बस्छन
म जान्न मेरो भाइ म संग बस्छ नैनाले भनी
त जस्तो आइमाई संग बस्नु पनि छैन छि अलाछिनी दिपकले मुख छाड्यो
मुख समाल्नुस नैना रिसाई
के मुख समाल्नु एक्लै जान तलाई के हुन्छ बिहे भएको हो हाम्रो दिपक रिसाए
अरे सिउदो भर्नुलाई बिहे सम्झन्छौ तिमी जब आफ्नो कर्तव्य देखि भाग्छौ नि तब तिमी कुनै जिम्मेवार पुरुष हुदैनाउ आफ्नो बाटो लाग नत्र म जति नराम्रो कोही हुदैन रिसाउदै भनी ।
के गर्छौ भन्दै नैनाको काधमा धकालिदिए
नैना एकदमै रिसाइ
गालामा एक झाप्पड भन्दै भनी निर्दोष नारीलाई धक्का दिन्छौ ल यहि गर्छु देखेउ रिसाउदै भनी
दिपक रिसाए पख तलाई चोरी औला देखाउदै आफ्नो बाटो लागे
#क्रमशः
के अब दिपकको मनमा बदलाको आगो बल्ने होत ?
अब समीर र नैनाको जिन्दगीले कस्तो मोड लिन्छ होला      Next

Post a Comment

0 Comments