आभाष को हुन उसले मनमा कुरा खेाउन थाली ।
राति 10 बजे पछि फोन गरि
आभाष ले फोन उठाए
आभाष : हेलो भन नक्कली
मोहिनी : ओइ म राम्री बाट नक्कलीमा कहिले सरे हास्दै भनी
आभाष : नक्कली भन्न मन पर्छ नभन भन भन्छौ भने भन्दिन
मोहिनी : भन न जे मन लाग्छ भन
आभाष : नक्कली
मोहिनी : आभाष एउटा कुरा भनु
आभाष : भन न
मोहिनी : तिमीलाई किन अनाथ भनेको सबिनले
आभाष : मेरो आमा बाबा कोही हुनुहुन्न नि म
ोहिनी
मोहिनी : कता जानुभयो
आभास : भगवान लाई मेरो आमा बाबा निकै राम्रो लागेछ अनि लिएर जानुभयो ।
मोहिनी : के भएरयस्तो भएको आभाष
आभाष : सब भन्छु नरोउ है
मोहिनी : तिम्रो पिडाको मलम बन्ने कोशिश गर्छु आभाष भन न सब कुरा
आभाष : मेरो पनि सानो संसार थियो म 12 वर्षको थिए आमा र बाबा पहिलो सन्तानको रुपमा मलाई जन्माउनु भएको थियो
फेरि आमाको गर्व बस्यो मलाई बहिनी चाहिएको थियो हामी खुसि थिएउ आमालाई सुत्केरी बेथाले च्याप्यो गाउमा नसकेर काठमाडौ आएउ ।
आउने क्रममा आमा र पेटको बच्चा दुबैले संसार छोडे , काठमाडौ पनि आउनु अनि आमाले संसार छोड्नु भयो ,
बाबा धेरै रुनुभयो , म सानो थिए केही गर्न सकिन अनि भोलिपल्ट आमालाई उतै जलाएर गाउ आउदै थिएय बस दुर्घटना भयो बाबाको घटनास्थलमै मृत्यु भयो मलाई भने खुट्टामा चोट लाग्यो म हस्पिटल थिए बाबालाई भने जलाइसकेछन , म खुट्टा भाचिएर 1 वर्ष सम्म यतै बसे , पछि गाउँ जादा मेरो नामको जग्गा जमिन काका काकीले सब बेचिदिनु भएछ म सहर आए भाडा माझेर बसे त्यहि साहुले पढाइदियो ।
slc दिए म जस्तो अनाथ धेरै देखे अनि सानो आश्रम बनाएर केही बच्चा हरुलाई लिएर यहि केही गरेको छु होटलको साहुले सहयोग गर्छ केही संस्थाले सहयोग गर्छ । यसरी चलेको छ मेरो जिन्दगी मोहिनी सायद म अभागि छु सबैले भन्छनन माक्स किन लगाएको भनेर कहिलेकाही नराम्रो काम गर्ने लाई पिट्दै हिड्छु मैले अनि कति पिटाइ खाए सबैले खाते भन्थे कहिलेकाही त अरुले फालेको खाना पनि खान्थे मोहिनी तर मैले यति राम्री संग मेरो भेट हुन्छ भनेर , आभाषले भने
मोहिनी सु सु गर्न थाली
ओइ के भयो आभाषले भने
आभाष मान्छे को भाग्य कस्तो कस्तो हुनी है तिमी कति महान छौ कसरी जिन्दगी अगाडि बढाएउ म त सानो चोटले पनि मर्छु जस्तो हुन्छ रुदै भनी
।मोहिनी जस्तो सोच त्यस्तै खोज हुन्छ नि आभाषले भने ।
मोहिनी मैले धेरै पिडामा जिन्दगीमा बिताए सायद म खुसि आउँछ कि यहि साना बाबू नानी छन जिउने साहारा आभाषले भने ।
आभाष डाक्टर मोहन मेरो असली बाबा होइनन् नि मलाई जन्म दिने बाबा अर्को रहेछन तर म मोहन बाबा लाई छोडेर कतै जान्न मेरा लागि मोहन बाबा सबैभन्दा ठुलो हुनुहुन्छ रुदै भनी
होर मोहिनी कहिल्यै नछोड्नु है मोहिनी उहालाई जन्म दिनेले त दिन्छन कर्म दिन गाह्रो हुन्छ मोहिनी आभाषले भने ।
मलाई थाहा छ आभाष मेरो मामुलाई र बाबालाई कहिले पनि टाढा हुन दिने छैन मोहिनीले रुदै भनी ।
धत लाटी किन रोएको तिम्रो साथमा त आमा बाबा हुनुहुन्छ मेरो कोहि नहुदा त हासेको छु ल सुत अब रात धेरै भयो आभाषले भने
आभाष मलाई निद्रा लागेको छैन
अब के गर्ने त नक्कली
गफ गर्ने
आभाष : हस अनि सबिन संग कसरी भेट भयौ त
मोहिनी : एलिनाले भेट गराकी हो
आभाष : म पनि त्यहि आश्रम मा आउदा चिनेको हो सारै घटिया रहेछ ,
मोहिनी : उम
आभाष : यति राम्री फुल जस्तो मोहिनीलाई धन्दै भत्काइदिएन है जिस्काउदै भने ।
मोहिनी हासि ।
आभाष मलाई तिमीले मेरो पुरानो गाउँ लिएर जान सक्छौ मोहिनीले भनी
मेरो काम हुन्छ मोहिनी कसरी छोडेर जाउ आभाषले भने ।
मेरो लागि केही दिन त हो नि आभाष है जिद्दी गरि ।
म भोलि भनुला अहिले सुत
हस good night
हस
मोहिनी सुति आभाष पनि फोन राखेर सोच्न थाली
जान्न भनौ मन दुखाउने होलिन जान्छु भनौ यता छोड्न सक्दिन के गर्ने होला के भन्ने होला टेन्सन लिन थाले ।
#क्रमश
के आभाषले मोहिनीलाई साथ देलान ?
मोहिनीको जिद्दी सहि होला त ?
0 Comments
thanks for reading and visits this site