Header Ads Widget

Ticker

6/recent/ticker-posts

शीर्षक : बिदेशी जिन्दगी छोरा : आमा घर खर्च चलाउन धेरै मुस्किल भयो बिदेश जानू पर्यो है ?

 शीर्षक : बिदेशी जिन्दगी


छोरा : आमा घर खर्च चलाउन धेरै मुस्किल भयो बिदेश जानू पर्यो है ?
आमा : बाबू जसो तसो दुख गरेर खाउला म बुढी आमा अनि भर्खरै बिहे गरेको श्रीमती छोडेर कसरी जाउ भनु भयो नजाउ !!!                                                                                                                                         
छोरा: आमा म पैसा कमाएर ल्याउछु हजुरको फाटेको चोलि फेरिदिन्छु राम्रो घर बनाएर सहर लैजान्छु नि आमा । रबिको कुरा सुनेपछि आमा केही बोल्नु भएन , भोलिपल्ट बिहानै रबि बिदेश जाने तयारी गर्यो आमाको मन छिया छिया भएको थियो । रबिले आफ्नो श्रीमती जमुनालाई सम्झाउदै भने जमुना आमाको राम्रोसँग ख्याल गर है म चाडै आउछु भनी आँखा भरि आँसु बनाउदै आफ्नो बाटो लागे ।                                                                                                                                                                   रबिको कमाई पनि निकै राम्रो थियो । महिना महिनामा पैसा पठाउन लाग्यो ।जमुनाले केही समय त घर राम्रोसँग चलाउदै आएकी थिइ । तर पछि माया अनि पैसाको मात लागेर जमुना बुढि आमालाई छोडेर सहर गई । सहरमा उसको परपुरुषसंग अजिब सम्बन्ध थियो उसले रबिले कमाएको सबै पैसा त्यही केटालाई दिने गर्थी । दुई बर्ष पछि रबि घर आयो रबिले आमालाई एक्लै देखेर सोध्यो आमा बुहारी खोइ त आमाले सबै कुरा भन्नुभयो ।                                                                                                              हरेक नारी पुरुषले सबै कुरा सहन्छ तर आफ्नो जीवन साथीले छलकपट गरेको सहदैन । रबिले जमुनालाई गाउँ बोलायो अनि बेसरी गाली गर्यो । रुदै भन्न थाल्यो तैले मोजमस्ति गर भनेर म बिदेश गएको हैन मैले पठाएको पैसा जुन केटालाई दिने गर्थिस उसैसंग जा भनेर घरबाट निकालिदिए । जमुना त्यहीँ केटाको घर गइन घर जादा त त्यो केटाको बालबच्चा श्रीमती रहेछन उनी दंग परिन र उनले भनिन मलाई श्रीमान ले घरबाट निकालिदिए । मलाई आफ्नो बनाउ ।     
                                                                                                     तर त्यो केटाले जिन्दगी भरप पुग्ने गरि जवाफ दियो sorry जमुना बाबा आमाले गाउले अनि अग्नि साची राखेर बिहे गरेको श्रीमान छोडेर मसंग लाग्ने तिमीले भोलि मलाई छोडेर अन्त लाग्न पनि सक्छेउ तिम्रो के भरोसा बिचरा बिदेशी श्रीमान् को पीडा नबुझ्ने तिमीले मेरो पीडा के बुझ्न सक्छेउ र जाउ आफ्नो बाटो लाग तिमी भन्दै आफ्नो घरको ढोका बन्द गरिदिए ।
आखिर जमुना घरको न घाटको बनिन त्यसैले हरेक नारी पुरुषले आफ्नो श्रीमान श्रीमती छोडेर अरुसंग नलाग्नुहोस मोज मस्तीमा जिन्दगी बर्बाद नगर्नुहोस

Post a Comment

0 Comments