नैना आफ्नो कपडामा लागेको रगत हेर्दै टोलाउन थाली ...
यति धेरै रगत रुन थाली
ला म त नछुने भए छु अब के गर्ने होला यसै आत्तिन थाली ,
आमा गाउँ बाट आउनुहुन्छ कि भनेर हेरि तर आमा आउनुभएन ।
ला मेरो साथीले त भाइलाई अनि घरको धुरी हेर्न हुन्न भनेका थिए म कता जाने होला भन्दै अलि पर एउटा रुखको छेल परेर बसि .
आफ्नो पेट छाम्दै थिइ ला अब मलाई साथीले के भन्छन सबैले जिस्काउछन यस्तै सोच्न थाली ।
समिरले नैना दिदी भनेर बोलाएको सुनी ।
नैना झन लुकि
आमा कति ढिलो गर्नुभएको होला आमाको बाटो हेरि .....
अलि पर बाट आमा आएको देखे
आमा आमा
उसले बोलाइ
आमाले सुन्नुभएन
आमा म नैना के यता छु अलि चर्को गरेर बोलाइ आमाले सुन्नु भएन ।
घर पुग्नुभयो
नैना नानी आमाले बोलाउनु भयो
।खाना बनाएको थिएन
होइन यो केटी कता गइछ खाना पनि बनाएकी छैन आमाले भन्नुभयो .....
स्कुल जानू पर्ने मान्छे के भएको होला यो केटी एक्लै कराउदै खाना बनाउनु भयो ....
नैना भने पेट छाम्दै त्यहि रुखमुनि सल ओछाएर सुति
रगत धेरै बग्न थालेको थियो पेट दुख्दै थियो यसै निदाई
आमा समिरलाई स्कुल पठाएर मेला जानुभयो ।
दिउँसो तिर बिउझी भोक लागेको थियो ,
नैना पिल पिल आँसु झार्दै रुन थाली
अलि पर बाट उनको साथी आइन
ए नैना किन यहाँ बसेकी आज स्कुल किन नगएकी ,.....
ला यसले थाहा पाई भने जिस्काउछे अनि सबैलाई भनिदिन्छे मनमनै सोचेर सलले आफ्नो पछाडि लागेको रगत छोपि
काम थियो अनि
ओइ सुन त मेरो आमालाई कतै देखिस भने छिटो घर जाने भन्दे ल ।
ल ल भनेर साथी त्यहाबाट गइन ...
नैना पेट छाम्दै बसि
काकी नैनाले भनेकी छिटो घर जानुस रे ,
किन के भएको छर आमाले भन्नुभयो
खोइ भनिन छिटो जानू रे
ल ल
आमा हतार हतार घर आउनुभयो ।
आमालाई देखेर नैनाले बोलाई
आमा म यता छु ।
के भयो आमा नजिकै जानुभयो ।
नैनाले आफू नछुने भएको कुरा भन्न लजाई ।
के भयो आमाले सोध्नुभयो
आमा म नछुने भए नैना यति भन्दै थिइ बरबरि आँसु खसालि ।
ल ल किन रोएको आमाले आँसु पुछ्दै भन्नुभयो ।
अब मलाई सबैले जिस्काउछन स्कुलमा पनि आमा मलाई यस्तो हुन मन छैन रुन थाली
नैना यो प्रकृति प्रक्रिया हो यो सबैलाई हुन्छ ,...
नाई नाइ मलाई हुनु छैन म त नछुने हुन्न कहिल्यै पनि आमा झन रुन थाली ।
लाटी म पल्ला गाउँ दिदिको घर लुकाउन लान्छु आमाले भन्नुभयो ।
म त जान्न आमा म त कतै जान्न यहि बस्छु म नछुने हुन्न के आमा झन रुन थाली .....
नैना खै पछाडि फर्क त
नैना पछाडि फर्की
।ल हेर यस्तो भइसकेको छ म कपडा लिएर आउछु यहि बस है ।
नैना लजाई छि आमा मलाई त कस्तो भइसक्यो रुदै भनी ।।
म खाना पनि लिएर आउछु कपडा फेरेर जाने है भन्दै आमा घर आउनुभयो ।..
नैना टुसुक्क बसि
केही समयमा आमा आउनुभयो ।
पहिले कपडा फेरेर आउ अनि खाउ
कपडा फेर्न गई ।
कपडा फेरि
लाउ यो कपडा राख रगत आउदैन आमाले भन्नुभयो ।
छि मलाई त घिन लाग्छ के आमा नाक खुम्चाउन थाली
ल यस्तो भनेर हुन्छ आमाले कराउनुभयो ।
ल आउ म लगाइदिन्छु आमाले हातमा समाउनु भयो ।
ए भगवान मलाई लाज लाग्छ यो आमा त कस्तो लाज नमानेको होला मुख खुम्चाउदै भनी ।
आमा हास्नुभयो ।
लाउ लगाउ
नैनाले जानी नजानी लगाइ
।हात धोएर खाना खाई
आमा सबै जना नछुने हुन्छन हो
उम म पनि नछुने भएको हो नछुने अथवा रजस्वला हुनु कुनै पाप होइन अब तिमी जिम्मेवारी भएकी छौ , यो घिन मान्ने लाज मान्ने कुरा होइन हामी नारी रजस्वला भएर नै हरेक कुरामा पुर्ण हुन्छौ अब तिमी लुक्न जानू पर्छ है ।
अनि के आमा मेघ्ना दिदी नि लुक्न जानुभयो
उम गइन नि
मैले थाहा पाइन नि
तिमी सानी थिएउ नि ल ल भाइ आउँछ हिड जाउ ,लुक्न
मत जान्न के आमा अरुको घर नैनाले भनी
यस्तो भन्नू हुदैन छिटो हिड
नाई के आमा म जान्न
नैना फेरि छिटो हिड त ....
ह्याया आमा नगए हुन्न मलाई त अरुको घर जान मन छैन के यहि रुख मुनि बस्छु ...
छिटो हिड त भाइ आउँछ के ,
न्याउरो अनुहार बनायदै पछेउरीले मुख छोपेर हिड्दै थिइ अलि पर बाट समीर आउदै थिए
नैना लुक त लुक भाइ आउदै छ आमाले भन्नुभयो दौडेर लुक्न खोज्दै थिइ ढुङगामा अल्झेर लडि
ऐया आमा मरे मुर्छा परेर रुन थाली
#क्रमश
कतै नैनालाई ठुलो चोट त लाग्ने होइन ?
0 Comments
thanks for reading and visits this site