अतीत भारी बोक्दै मुर्छा परेर हास्न थाले ।
भयो भयो धेरै नहास आइज छिटो
ओइ नैना म संग बिहे गर है अझै जिस्काउन थाले।।
काम गर्न सकि कि सकिन नैनाले आमालाइ पिर पर्न थाल्यो ।
केही समय पछि नैना घर आइ
नैना मोल बोक्न सकेउ आमाले सुमसुमाउदै भन्नुभयो ।।
सकेको बोके नि आमा ,
आमा छ नि त्यो अतीत त मसंग बिहे गर्छु पो भन्छ नैना अबोध बालिका रुन्चे स्वारमा भनी
अतीत त्यो पल्ला गाउँ धने दाइको छोराले आमाले हास्दै भन्नुभयो
उम आमा बिहे गर्छु तलाइ भनेर आज दिक्क बनायो ।
जिस्काको नि मेरि यति राम्री छोरी पाउनु नि पर्यो नि त्यसले आमाले काखमा लिदै भन्नुभयो ।
अनि मेघ्ना दिदी आउनुभयो त आमा
उम भित्र पढ्दै छ
ए ल ल म हात खुट्टा धोएर आउछु है
हस
; आमा भित्र गएर खाना बनाउन थाल्नुभयो ।
समीर र नैना खेल्न थाले ।
मेघ्ना नैना समीर खाना खान आउ आमाले बोलाएको सुनेर उनिहरु आमा नजिक गए ।
आमा मलाई थोरै दिनु है मेघ्नाले भनी
किन के भयो
केही भएको छैन ,
मेघ्ना मा केही बद्लिदो पन देखिन थालेको थियो ।
खाना खाएर आमा तीन सन्तानको बिचमा बस्नुभयो ।
मेघ्ना छोरी के भएको छ तलाई आज भोलि भन त ?
मलाई केही भएको छैन आमा म पढ्छु
मेघ्ना यता आइज केही कुरा सुनाउछु
आमा मलाई पढ्नु छ के रिसाइ
मेघ्ना म आफ्नो सन्तानलाई चिन्छु यता आइज अलि ठूलो स्वारमा बोलाउनुभयो ।
1111 https://bulletprofitsmartlink.com/smart-link/46584/4 मेघ्ना नजिकै बसि
मेघ्ना नैना समीर तिमीहरुलाई एउटा कहानी भन्छु यो काहानीले तिमीहरुलाई के कति शिक्षा दिन्छ आफै राख्नु र अगाडि बढ्नु ।
हस आमा सुनाउनु न नैनाले सुन्न हतार गरि
मेघ्ना सुन्छेस नि छोरी
उम ठुस्स परेर भनी
एउटा गाउँ थियो त्यहा एउटी आमाको एक छोरा एक छोरी थिए ।
आमाले निकै दुख गरेर सन्तालाइ हुर्काउनु भयो पढाउनु भयो ।
पछि ती सन्तान ठुला भए
छोरीको बिहे भयो छोराले बुहारी ल्यायो । बुहारी आए पछि ती आमा एक्लो हुन थालिन छोराको माया बाडियो , पराइ घर गएकी छोरी ज्वाइसंग रमाउन थालिन धनमा भुल्न थालिन
छोराछोरी संग बोल्न आमा धेरै तड्पिन थालिन । छोरालाई आमा संग बोल्ने आमाको कुरा सुन्ने फुर्सद नै भएन ।
छोरी पनि आमा सम्झेर गाउँ आउन चाहिनन
छोरा पनि आमालाई छोडेर सहर गए
अब आमा एक्लै , आमा काम गर्न नसक्ने एक दिन अचनक बिरामी हुनुभयो गाउलेले हस्पिटल लगे तर आमा बाच्न सक्नुभएन
छोराछोरी दुबै आए मरेको लास माथि हात बजार्दै डाको छोडेर रुन थाले आमा ए मेरो आमा एकोहोरो बोलाए तर आमा बोल्नुभएन , किनकि उहाले संसार छोडिसक्नुभएको थियो ,
त्यसैले बाचुनजेल राम्रो गर मीठो बोल कदर गर मरेपछि हर कोहीको महत्त्व निकै हुन्छ ,
आमाको कुरा सुनेर नैना रुन थाली
नैना किन रोएको
आमा भन्दा ठुलो केही छैन मेरी आमा भन्दै अङगालो हालि ,
समिरले पनि अङगालो हाले
मेघ्ना आउ न आमाले बोलाउनु भयो ।
सकियो तपाईंको प्रवचन रिसाउदै झर्केर गई ।https://bulletprofitsmartlink.com/smart-link/46584/4https://bulletprofitsmartlink.com/smart-link/46584/4
#क्रमशः
आखिर के भयो मेघ्नालाइ ?
के तीन सन्तान फरक फरक हुन्छन त ?
को बन्ला सिताको जीवन भरिको साहारा ? Next
0 Comments
thanks for reading and visits this site