Header Ads Widget

Ticker

6/recent/ticker-posts

जस्तो सोच त्यस्तै खोज ,, त्यसैले जिन्दगी तपाईंको हो जस्तो सोच्नुहुन्छ त्यस्तै बन्दै जान्छ

 "जस्तो सोच त्यस्तै खोज ,,


त्यसैले जिन्दगी तपाईंको हो जस्तो सोच्नुहुन्छ त्यस्तै बन्दै जान्छ । हरेक व्यक्ति व्यक्ति परिवर्तन भए समाज परिवर्तन हुन्छ समाज परिवर्तन भए राष्ट्र परिवर्तन हुन्छ , त्यसैले परिवर्तन को सुरुवात आफैबाट सुरु गरौ मेरो कथा त केवल बाटो देखाउने माध्यम हो हिड्ने तपाईहरु आफैले हो ।

नबिना रिमाल लमजुङ
मुस्कान के गरौ कसो गरौ भई
मामु जानुस न मोहिनीले भनी
मलाई अङ्ग्रेजी बोल्न आउदैन उसले भनी ।
जे आउँछ त्यो भनिदिनु ।
मोहिनीले धक्का दिई
मुस्कान डराउदै स्टेचमा पुगि ।
मोहन डराउदै थिए कस्तो प्रश्न सोध्ने हुन मनमा डर उत्पन्न भयो ।
अगाडि गएर उभिइन
तपाईंलाई डाक्टर र नर्सको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
अनि डाक्टर संग बिहे गर्दा आफुले भनेको जस्तो समय नपाउदा कस्तो महसुस हुन्छ आफ्नो प्रतिक्रिया राखिदिनु होला ।
मुस्कान डराई मलाई अङ्ग्रेजी आउदैन सबैले अङ्ग्रेजीमा उत्तर दिनुभएको छ म के गरु डराउन थाली ।
मामु आफुलाई जस्तो आउँछ त्यै भन्नू म‍ोहिनीले इसारा गरि ।
आफ्नो मनलाई काबुमा राखेर ओठ कमाउदै बोल्न थाली ।
जिन्दगीको यात्रा लामो छ जहाँ हिड्दा चोट ठक्कर भइरहन्छ तर हामीले हिड्न छोड्नुहुदैन , सबैले आआफ्नो लक्ष्य बोकेर यात्रा गरिरहेका हुन्छन त्यस मध्य डाक्टर नर्स पनि पर्नुहुन्छु , म उहाहरु दुबैलाई आत्म देखि सम्मान गर्छु , किनकि उहाहरु आमा पछिको दोस्रो भगवान हुनुहुन्छ । डाक्टर नर्स भगवान त होइनन् तर भगवान भन्दा कम छैनन् ।
मोहिनीले एक तालि चर्क‍ो बजाइदिई त्यसपछि
तालिको बर्ष भयो ।
मुस्कानमा हिम्मत आयो बोल्न थाली ।
डाक्टर नर्स को सम्बन्ध पानी जस्तो सफा हुनुपर्छ डाक्टर को पनि नाइट डिउटी हुन्छ नर्सको पनि नाइट डिउटी हुन्छ त्यस समय एक अर्काको इज्जत बन्नुपर्छ एउटा भगवानले अर्को भगवान लाई माया गर्नुपर्छ । गिद्दे नजर कहिल्यै लगाउनु हुदैन ,यो मेरो भनाइ हो । नर्सले आफू नर्स भएको घमण्ड देखाउन हुदैन अनि डाक्टरले आफू डाक्टर भएको अहमता देखाउनु हुदैन एक अर्कोको साहारा लिएर सदैव भगवान बन्नुपर्छ ।
फेरि तालि बर्सियो
अनि अर्को कुरा
मलाई लाग्दैन कि सदैव श्रीमान श्रीमती टासिएर बस्नुपर्छ । माया इज्जत हुनुपर्छ टाढा हुदा पनि माया कम हुदैन , हरेक नारीले एउटा कुरा हमेशा याद गर्नुपर्छ कि चाहे उसको श्रीमान बिदेश किन नहोस आफुदेखि टाढा भएको फाइदा कहिल्यै उठाउनु हुदैन एउटी नारी हिरा जस्तो बहुमुल्य हुनुपर्छ पित्तल जस्तो होइन र मलाई डाक्टर संग बिहे गरेकोमा गर्व लाग्छ। मोहनलाई हेरेर मुसुक्क हासि यति नै हुन शब्द त धेरै छन तर समय छैन हस्त बिदा भए
मोहिनीले तालि बजाउदै स्टेजमा पुगि
महदय मेरी मामुले मुख्य कुरा भन्न छुटाउनु भयो मोहनको हात समाउदै अगाडि लिएर आई मुस्कानको पनि हात समाइ
बाबा मामु एउटा डाक्टर पढेकी केटीले अनपढ केटासंग बिहे गर्न राजी हुदिन तर एउटा डाक्टर पढेको केटाले मेरो मामु जस्तो थोरै पढेकी सामान्य नारीसंग बिहे गर्नुभयो त्यसैले संसारको सबैभन्दा बेस्ट मामु बाबा मेरो हो भन्दै अङगालो हालि
फेरि तालिको बर्ष भयो ।
धेरै धेरै धन्यवाद मुस्कान जि यति राम्रो शब्द भनिदिनु भयो बधाई छडाक्टर मोहन यति राम्रो श्रीमती पाउनु भएकोमा । ।
धन्यवाद मोहनले भने ।
आज हाम्रो कार्यक्रम धेरै रमाइलो भयो अब केही खाना खाउ अनि घर तर्फ जाउला
सबै खाना खान गए
मामु कति राम्रो कुरा भनेको मोहिनीले भनी
मेरो छोरीको एक तालि काफि थियो मलाई हिम्मत दिन हास्दै भनी ।
उनिहरु घर गए ।
मामु हजुरहरु केही गफ गर्नुस म सुत्न जान्छु थकाई लागेको छ मोहिनीले भनी ।
हस मुस्कान र मोहन कोठामा गए ।
मुस्कान म खुसि छु आज मोहनले भने
म पनि धेरै खुसि छु मोहन
मुस्कान तिमी कपडा चेन्ज गर म आइहाल्छु मोहन बाहिर आए
मुस्कानले कपडा फेरि
कति राम्रो छन मोहन मलाई माया गर्छु किन भन्दैनन के मेरो लागि मोहनको मनमा केही छैन होला केटा मान्छे हुन उनले भनेको सुहाउछ मुस्कानले मनमा कुरा खेलाउन थाली ।
मुस्कान आज तिमीले दिएको इज्जतजिन्दगी भरि भुल्ने छैन कति माया गर्छु मुस्कान म कसरी देखाउ साथी भन्दा माथि जादिन भनेर बाचा गरेको छु हे भगवान मलाई मुस्कानको बनाईदेउ हात जोड्दै भने ।
#क्रमश
के मोहन र मुस्कान अब नजिक होलान त ?
के होला अब के मोहिनीलाई आफ्नो असली बाबा को हो भन्ने कहिले पनि थाहा हुन्न त ? 

Post a Comment

0 Comments