Header Ads Widget

Ticker

6/recent/ticker-posts

खै जानेर भनु कि अन्जानमा भनु माया बसिहाल्यो यस्तो माया बस्यो कि अब चारैतिर उसलाई देख्न थालिसकेकी थिए

 खै जानेर भनु कि अन्जानमा भनु माया बसिहाल्यो


यस्तो माया बस्यो कि अब चारैतिर उसलाई देख्न थालिसकेकी थिए , हामी फ‍ोनमा निकै कुरा गर्न थालेका थिएउ उसले मलाई पाउन निकै दुख गर्य‍
ो मोबाइलमा व्यालेन्स त कति हाल्यो कति तर मन मानेन उसले धेरै कोशिश गरेर मेरो मन।मनायो अनि।म प्रेममा डुबे ,
माया त्यस्तो 1 वर्ष दुई बर्ष को थिएन केवल 4.महिनाको थियो तर माया साचो थियो मनदेखि थियो
मायामा खुब रङगिन भएका हामी अचनक केटी मान्छे बिहेको कुरा चल्यो
केटी रुन थाल्नु स्वाचाबिक हो उ धेरै रुदै फ‍ोन गरि
केटी : मलाई बिहे गरिदिन्छन जस्तो छ अब के गर्ने
केटा : अहिले नाइ भन पिल्ज
केटी :" दिने कुरा छ म तपाईं बिना अरु क‍ोही संग कहिल्यै खुसि हुन सक्दिन केटी रुन थाली
केटा : पख म मेरो घरमा कुरा गर्छु
केटी: हस
म यो केटीलाई माया गर्छु भन्दै केटाले फोटो देखायो ,
यस्तो गरिब संग बिहे गर्छु भन्छस त्यै नि नाता पर्छ आज बाट य‍ो केटी संग बोलेको थाहा पाए भनी म मरिदिन्छु आमाले गालि गर्दै भनिन ,
उ केही बोलेन
साझ केटीको फ‍ोन आयो
केटी : ।।के भन्नू।भयो घरमा
केटा : घरमा मान्नुहुन्न
केटी :".उस‍‍ो भए भागुम
केटा : नचाहिने कुरा बिहे एकपटक हुन्छ त्यो पनि बाजा बजाएर गर्न मन छ
केटी : म गरिब छु बाजा बजाउने हैसियत छैन
केटा :... त्यै
पनि तिमी हामी नाता पर्नेछ रहेछ किन पाप गर्ने
केटी : रुदै भनी कति सजिलो छ है यस्तो भन्न मैले देख्दै नदेखि माया लाए भेटेको त छैन तर।धेरै माया गरेको थिए माया गर्दा म नाता परिन अहिले के के परे है वा तेरो बेमौसमी माया , म गरिब छु त्यै भएर छोड्दै छस छ‍ोड त दोबाटे टाढा भएर।मलाई केही फरक पर्दैन यदि मैले भन्दा माया गर्ने भेटिस भने भाग्यमानी होलास नत्र अभागी हुनेछस हेर्दै जा तेरो अगाडि नाम र दाम कमाएर देखाउछु अनि थाहा पाउछस म के रहेछु भनेर बाजा बजाएर बिहे गर है आज बाट तलाइ कहिल्यै सताउदिन बाइ ,
केटी डाको छ‍ोडेर रुन थाली
केटालाई केही असर नै परेन ,
केटीले हातमा चुरोट लिएर सल्काउन थाली किनकि उसलाई पीडा कम गर्नु।थियो तर उसले चुरोट मुखमा लगिन यसले मलाई मेरा लक्ष्य तिर होइन झन बिगार्छ मैले केही गर्नु।छ भनेर केटी सहर गई उसले गायक बनेर नाम र दाम कमाउन थाली जताततै उसको चर्चा भयो
केटाले पछुतो मान्यो
धेरै वर्ष पछि केटीले त्यहि पुरानो नम्बरमा फ‍ोन गरि
केटी।; हेल‍ो म नेहा
केटा : ।किन सम्झिए नाम र दाम कमाएको मान्छे
केटी : कहिल्यै भुलेको छैन बस फ‍ोन गर्न सकिन फेरि मैले भुल्न लाई माया लाएको पनि होइन जति नाम कमाए पनि तिमी धोकेबाजले मेरो मनमा डेरा जमाएका छौ मेरो जीवन साथी हुन त सक्दैनाउ तर।मनमा तिमी नै हुनेछौ
केटा बरबरि आँसु झार्दै र‍‍ोयो ।।
सन्देश : माया मनमा हुन्छ धनमा होइन साचो माया पटकपटक आउदैन एकपटक आउँछ बस।त्यसलाई चिन्न सक्नु पर्छ ।

Post a Comment

0 Comments