ऐया आमा दुख्यो मेनुका चिच्याउन थालि ।।
भाउजू के भयो प्रदिप आयो ,,
आमा : झुक्केर लाएछ ,, बाबू
प्रदिप : ल ल भयो छोड्नु म मिलाएर राखिदिन्छु ,,,
प्रदिपले बिस्तारै राखिदियो ,,
उता सुदिप ले अतितलाई धेरै खोज्यो कतै भेटेन उसले मेनुका लाई फोन गर्यो
मेनुकाले बिस्तारै फोन उठाइ
सुदिप : घर पुगेउ
मेनुका : उम भेट्नु भयो त अतितलाई
सुदिप : नाई छैन म खोजेर आउछु ,,
मेनुका : भेटिदैन होला आउनु हजुर घर
सुदिप : त्यो सालेलाई त्यसै छोड्दिन
मेनुका : सुदिप खाना खानु है टेन्सन नलिकन
सुदिप : मेरो पिर नगर तिमी आफ्नो ख्याल राख केही समस्या भए अनु लाई भन है
मेनुका : हस
सुदिप : ल अहिले फोन राखे बाई
मेनुका : हस बाई
सुदिप अतितलाई खोज्न गयो ,,
मेनुका लाई खान ल्याएर प्रदिपले खुवायो ,,
अनुले आँखा तार्दै खाना खाई
आमा : कस्तो दुख पाउन लेखेको मलाई बुहारी आएर के काम
बाबा : धेरै नबोल तिमी एउटी नारी भएर यस्तो भन्ने
आमा : उसको हेरचाह गर्न परेको छ रिस उठ्छ
अनु : ममि म त सक्दिन है केही गर्न
प्रदिप : त कोइली धेरै नबोल है
अनु : तै गर तेरो प्यारी भाउजू हुन क्यारे ,,
प्रदिप : गर्छु नि त आमा पछिको माया दिने भाउजू त हो नि मेरो भाउजुलाई मैले सकेको गर्छु
अनु रिसाई ,,
उता सुदिपले राति अतितलाई होटलमा देख्यो पछाडि बाट गएर समातेर एक झाप्पट गालामा हान्यो
साले त भागेर कता पुग्छस तलाई पानी मुनि गए नि छोड्दिन भन्दै सुदिपले मर्ने गरि पिट्यो ,
होटलको मान्छे जम्मा भए
के भयो किन झगडा गरेको भन्दै छुटाए
यसले मेरो श्रीमतीको बलात्कार गरेर भागेर आएको हो यसलाई म जिउदै मारिदिन्छु यसले गर्दा मेनुका हिड्न सक्दिन म यसको पनि हात गोडा भाचिदिन्छु आखाबाट आँसु झार्दै सुदिपले पिट्न थाल्यो
सबैले छुटाए छोड भाइ पुलिसले गर्छ जे गर्न पर्छ भन्दै सुदिपलाई सम्झाए ,,
सुदिपको रिस मरेको थिएन पिट्न खोज्दै थियो पुलिस आए ,,
अतीत डरायो
मैले केही गरेको छैन भन्न थाल्यो सुदिपले सब सत्य बतायो ,,
अतितलाई जेल लगे सुदिप पनि गयो ,
अतितले मैले केही गरेको छैन मात्रै भनिरहेको थियो पुलिसले पनि पिटि पिटि सत्य बोल्न लगाए
अन्तयमा बलात्कार गरेको हो भनेर आफ्नो अपराध सुइकार गर्यो ,,
सुदिपले पनि गालामा रिस नमरुनजेल हान्यो यसको हात गोडा भाचिदिन्छु म भन्दै पिट्न खोज्दै थियो पुलिसले दिएनन ,,
अतितलाइ जेल भित्र थुनिदिए
पुलिस : यो कुनै पनि हालतमा निस्कने पाउने छैन तपाई ढुक्क भएर जानुस
सुदिप : यसलाई कडा भन्दा कडा सजाय दिनु है यसले गर्दा मेरो श्रीमती धेरै रोएकी थिइन उनले आफ्नो बाबा गुमाइन भन्दै सुदिप रुदै बिन्ति गर्न थाल्यो
पुलिसले उसलाई सम्झाएर पठाइदिए
सुदिप बाहिर होटलमा आएर बाँस बस्यो ,,
रात धेरै भईसकेको थियो ,,
मेनुकाले अनुलाई टवाइलेट लगिदिनु न नानी भनेर बोलाई
अनुले नसुने झै गरेर बसि
आमालाई बोलाई आमाले पनि नसुने झै गरिन
बाबा थकाइ लागेर मस्त निदाएका थिए ,
मेनुका ले धेरै बोलाई उसलाई निकै गाह्रो भएको थियो नानी नानी भनिरहि अनु मरे पनि उठिन
प्रदिपले भाउजुको आवाज सुन्यो जुरुक्क उठेर भाउजू भएको ठाउँ आयो ,,
भाउजू के भयो ,,
मेनुका : बाबू नानीलाई उठाइदिनु न टवाइलेट जान थियो
प्रदिपले अनुलाई उठायो
कति बोलाएको नबोला मलाई त गर।जे गर्न छ भनेर झर्केर सुति
प्रदिप : भाउजू आउनु म लगिदिन्छु
मेनुका लाज मानि होइन होइन बाबू छोडिदिनु जानु तपाई मेनुकाले अप्ठ्यारो मान्दै भनी
प्रदिप: भाउजू आमा समान हुनुहुन्छ तपाई आमा पछि हामीलाई बाटो देखाउने भाउजू हो फेरि मेरो भाउजू भगवान भन्दा कम हुनुहुन्न अप्ठ्यारो नमान्नु पिल्ज भाउजू नाई नभन्नु आउनु म छोरा जस्तै हो भाउजू ,,भन्दै मेनुका लाई सम्झायो ,
#क्रमश
के मेनुका ले प्रदिपलाई आफ्नो सेवा गर्न दिन्छे त ?
के देवरले भाउजू लाई श्रीमानले गर्नु पर्ने काम गर्नु पाप हो त ? Next
0 Comments
thanks for reading and visits this site