तैले मलाई सुख नदिने भइस होइन भन्दै नैनालाई पिट्न थालिन , ।
नैना मुर्छा परेर रुन थाली ।सीता भैगो घर जाउ
नैना रोएको देखेर फेरि काखमा फिदै दूध खुवाउदै
होइन होइन मेरो छोरालाई कले आमाले पा गर्ने है भन्दै फकाउन थालिन ।
नैना अझै रुन छोडिनन ।
यस्तो गर्ने होइन नि त आमालाई सबैले गालि गर्छन नि छोरा मेरो नैना कति समझदारी छ होइन होइन नरोइ मेरो बाबा भन्दै आँसु पुछ्दै छातीमा टासिन ।
आमाले सबैभन्दा धेरै माया गर्छु मेरो नैना लाई है अब नरोउ मेरो छोरा भन्दै फुलाई ।
नैना रुन छोडिन
घाँस बोकेर घाँस माथि नैनालाई राखेर घर आइन
मेघ्ना घर आएर खाना बनाउदै रहिछिन
मेघ्ना बहिनी समाउन आउ त
मेघ्नाले बहिनी लिएर आई
आमा आज मैले खाना बनाएको नि मेघ्नाले भनी
आयो त बनाउन
खोइ हासिन
आमा भित्र जानुभयो
हेर्नुभयो खाना काचो काचो थियो आफ्नो सन्तानले पकाएको पहिलो पटकको खाना भयो केही भन्दिन भनेर भएको छ अलि पानी हाल्ने गर है भोलिबाट हास्दै भन्नुभयो
हस
साझ गुन्द्रुक उमालेर खाना खानुभयो
आमा हजुरले बनाएको जस्तो नभए छ है हास्दै भनिन
मीठो छ नि आमाले भन्नुभयो
मेघ्ना खुुसि भइ
नैनालाई र मेघ्नालमई लिएर सुतिन सीता ।
भोलिपल्ट
मेघ्ना आज नैनालाई हेर है स्कुल नजाउ
हस आमा
सीता मेलामा गइन
मेघ्ना पनि केटकेटी खेल्न भनेपछि हुरुक्कै
नैना लाई घरमा भुइमा सुताएर खेल्न गइन
साथी हरु संग खेल्दा खेल्दा मेघ्नाले घरमा बहिनी छ भन्ने भुलिन
केही समय पछि मेघ्नालाई याद भयो घरमा बहिनी छ भनेर
मेघ्ना दौडिदै घर आइन
बहिनी सुतेको ठाउमा हेरिन त्यहा बहिनी थिइनन
मेघ्ना डराई रुन थाली खोज्न थाली
बहिनी
बहिनी
कता छौ भन्दै रुन थालिन ।
काकी मेरो बहिनी कता गई कता सुताएर खेल्न गएको भन्दै रुन थालिन ।
राम्रोसँग हेर्न पर्थेन त अब आमाले मार्छे के भन्छेस
खोजम न काकी रुदै भनिन
नैना ए नैना सबैले खोज्न थाले
नैना कतै भेटिनन
मेघ्ना रुदै आमा भएको ठाउँ गइन
के भयो किन रोएको अनि बहिनी को संग छोडेउ
आमा बहिनी सुताएको ठाउमा छैन रुन थाली
होइन के भन्छे सिताको मुटुले ठाउँ छोड्यो ।
दौडिदै आइन
ल ल छिटो हिड मेघ्नालाई काखमा बोकेर घर पुगिन
नैना मेरो छोरा कता छौ
कति दुख दिन जानेको के तैले सिता रुन थालिन खोज्न थालिन कतै भेटिनन
नैना मेरो छोरी कता छौ सिताको आखाबाट आँसु रोकिएनन
कति दुख दिएकी मलाई यो केटीले मलाई सुख नदिने भइ भन्दै टाउको समाउदै रुन थालिन ।
#क्रमशः
कतै मेघ्नाको सानो गल्तीले नैना सधैका लागि हराउने त होइन ?
0 Comments
thanks for reading and visits this site