सीता मुर्छा परेर रुन थालिन
मेघ्ना आमा आमा भन्दै थिइनसिताले आँसु रगतको तालमम भए पनि सानो छोरीलाई कपडाले पुछिन ।
मेघ्ना बिचरा सानी के गरोस आमाको छेउ गएर बसि एकदमै डराउदै थिइन ।
सानी छोरीलाई कपडाले पुछेर सुमसुमाउन थालिन ।
ए सीता लौ न तेरो बुढा सासू ससुराको मृत्यु भएछ नि
सिताको मुटुले ठाउँ छोड्ला जस्तो भयो ।
हिड्न पनि सकिन सीता ।
केही समय पछि गाउले ले लास बोकेर आए
सिताले मेघ्नालाई भित्र बहिनी हेरेर बस भनिन ।
बिस्तारै बाहिर आई
हाम्रो बच्चालाई कपडा किन्न जानुभएको होइन यो कसरी भयो मुर्छा परेर भुइमा लडि
यस्तो के भयो गाउँ नै शोकमा डुब्यो ।
ल ल किन ढिलो गर्ने लास लैजाउ गाउले ले भने
सीता केही गर्न सकेकी थिइन उसलाई लास छुन पनि दिएनन ,
रुदै थिइ बिचरा थाकेको शरीर त्यसै निदाइ
गाउलेले लास बोकेर हिडे ।
सीता लाई छुट्टै कोठामा लगे
लास कसले जलाउने चासो हुन थाल्यो
मेघ्नालाई लगाइदिउ गाउले ले भने
सानी मेघ्नालाई लिएर गए
लाउ आगो लगाउ भनेर आगो दिए
नाई मलाई डर लाग्छ ।उसले आगो भुइमा फालिदिइ अनि रुन थाली
मेघ्ना तेरो बाउ हो लगाउनु पर्छ
नाइ अस्ति मलाई काडा बिझ्दा त कति दुखेको थियो मेरो बाबालाई पोल्छ तपाईहरु पापी हो जानुस मेरो बाबालाई छोड्नुस म आमालाई भन्दिन्छु मेघ्ना रुन थाली
मेघ्ना यस्तो भन्नू हुदैन आउ छोरा आउ काकाले भने
नाई
नाई मेघ्ना भाग्न थाली
जबर्जस्ती समाएर आगो लगाउन थाले
मेघ्ना धेरै डराई रुन थाली
लास जलाएर सकिए पछि सबै घर गए
आमा मेरो बाबालाई जलाए भनेर सितालाई छुन पुगिन
हरे शिव सत्यनास भयो नि गाउलेले भने
भयो केटकेटी हो छोडिदेउ अब सिताको ख्याल गरिदिउ कस्तो अलछिनी छोरी रहिछ जन्मिने बित्तिकै बाउ हजुर बा हजुर आमा खाई यस्तै भन्न थाले
सितालाई पीडा त कति हो कति तर बाहिर देखाइनन ।
केही दिन पछि सिताले आफ्नो सानी छोरीको नाम आफै राखिन नैना
मेघ्ना नैना मेरो दुई सन्तान अब तिमीहरु मेरो साहारा बन्नुपर्छ मेरो स्वाभिमान बन्नुपर्छ आखाको आँसु पुछ्दै भनिन ।
एक्ली नारी देखेर गाउलेले हेप्न खोज्थे
माइतीबाट दाइ आए
तर सीता म जान्न भनेर यहि बसिन
दिनरात मेला पात धाउन थालिन
घासको भारी माथि नैना अनि हातमा मेघ्नालाई डराउदै हिडिन ।
सिताको संघर्ष देखेर गाउले डाहाले भुतुक्कै हुन्थे ।
नैनालाई कसैले मन पराएनन
नैना 1 वर्षकी र मेघ्ना 5 वर्षकी भइ
आमा म बहिनी हेर्छु हजुर काम गर्नुस मेघ्नाले भन्थिन
मेघ्नाले बहिनी हेर्न थालिन
अब मेघ्नाले दिनदिनै स्कुल जानू पर्छ सिताले मनमनै सोचिन
नानी त स्कुल जा म जसरी भए पनि गर्छु
आमा बहिनीले केही गर्न दिन्न मेघ्नाले भनी
म जसोतसो गर्छु तिमी पढ्न जाउ
मेघ्ना अब दिनदिनै पढ्न जान थाली
सिता एक जना महिला देखेर गाउका गिद्देहरुले गिद्दे नजर लगाइरहन्थे ।
सिता कसैसंग डराउथिनन
नैनालाई काम गर्ने ठाउमा लान्थिन काम गर्थिन
एक दिन असार थियो
नैनालाई लिएर मेलामा गइन
नैनालाइ पर राखिन
उनी काम गर्न थालिन
केही समय पछि खेतलालाई भनेर खाजा ल्याएका थिए
नैना खेलिरहेकी थिई
बिस्तारै खाजा भएको ठाउँ पुगिन हातले तरकारी दाल सबै घप्टियो ।
नैनाले आफै चाट्न थाली
केही समय पछि एउटी दिदि आउनुभयो
लौ न ओइ सीता हेर त तेरो छोरीले सबै पोखेर रिसाउदै नैनालाई पछारिन
के गरि दिदि सीता आत्तिदै आइन
सबै पोखिएको देखेर सिताले नैनालाई हेरिन बदमास
यस्ता अलछिनी बाउ टोकुवा प्याच्न भनिन
सिताको मन एकदमै दुख्यो
तलाई चकचक नगर भनेको लाग्दैन है तैले सुखसंग बाच्न पनि नदिने भइस भन्दै नैनालाई पिट्न थालिन
नैना मुर्छा परेर रुन थाली
#क्रमशः
सिताले नैनालाई रिस देखाउनु राम्रो होर ?
अब गाउलेले के भन्लान ?
0 Comments
thanks for reading and visits this site