Header Ads Widget

Ticker

6/recent/ticker-posts

बाजा बज्न थाल्यो । एकदमै रमाइलो हुन थाल्यो उता रुहीको घरमा पनि रमाइलो हुन थाल्यो । ल ल सुभम अब जाउ साथीले भन्यो

 सुभम त्यो रात निदाउन सकेन उसलाई धेरै पिडा भयो ।।

के गरौ कसो गरौ भयो


यत्तिकै रात बित्यो ।
भोलिपल्ट
साथीले फोन गरेर बोलायो सुभम आफ्नो कपडा लगाएर साथीको घर गयो
निकै रमझम छाएको थियो , साथी अनि प्रतीक निकै खुसि थिए
रुही आज त हामी एक हुने दिन म एकदमै खुसि छु प्रतिकले फोनमा भनेको सुभमले शून्यो
मायाले जित्न सक्छ झुटलाई म टुटाउदिन यो सम्बन्ध सुभमले मनमनै भन्यो ।
बाजा बज्न थाल्यो । एकदमै रमाइलो हुन थाल्यो
उता रुहीको घरमा पनि रमाइलो हुन थाल्यो ।
ल ल सुभम अब जाउ साथीले भन्यो
उनिहरु त्यहाबाट हिड्न सुरु गरे
उता हिडिसकेउ भनेर फोन गरिदिए
जन्ती आउने बेला भयो सबिनाले सबैलाई जानकारी गराई ।
केही घण्टा पछि जन्ति पनि आए
बाहिर बाजा बज्न थाल्यो
यता रुहीको आखाभरि आँसु हुन थाल्यो
मेरो मन किन आत्तिदै छ म किन रुन खोज्दै छु रुहीले आफै कुरा गर्न थाली ।
तप्प आँसु भुइमा खसे मलाई किन पीडा भएको होला मेरो को छर म कसको रोए त्यो बाजाको धुनमा के छ किन आँसु आउदै छ रुही त झन रुन थाली ।
जन्ति पर्सिन थाले , सुभम सरासर रुही भएको ठाउँ आयो
रुही उसले बोलायो
रुहीले भिनाजु तिर हेर्दै बर्बरी आँसु खसाली दिई
अरे मेकअप जान्छ यति राम्री भएको मान्छे रुन्छन त सुभमले भन्यो
भिनाजु मलाई कस्तो नरमाइलो लागेको छ त्यसै आँसु खसेको छ उ झन घुक्क घुक्क गरेर रुन थाली
सुभमको आखाभरि आँसु भयो
अहिले नै रोको नरोउ आमा बाबालाई गाह्रो हुन्छ नि सुभमले भन्यो ।
बेहुली लिएर आउनु बाहिर बाट आवाज आयो
नेहा रुहीलाई लिन आइ
जाउ रुही रुहीको आँसु सुभमले पुछिदियो ।
रुही बाहिर गई
सुभम पनि बाहिर गयो
सुभमले नैनालाई देख्यो ।
नैना उ नैनाको नजिक गयो
बिहेको कार्य सरु भयो
कति राम्री भएर आएको त नैना सुभमले भन्यो
नैना मुसुक्क हासि कहिले नराम्री थिए र लजाउदै भनी
रुही कति राम्री देखिएकी है ।नैनाले भनि
उम
अनि सुभम सबै कुरा भनेउ होला नि रुहीको एउटा मृगौला छैन भनेर नैनाले भनी
नाई भाउजुले भन्न दिनु भएन नैना तनाबमा छु सुभमले भन्यो ।
सुभम कति राम्रोसंग बनेका सम्बन्ध त टुट्न बेर लाग्दैन झन झुटमा सम्बन्ध जोड्दै छौ गलत गरेउ सुभम नैनाले भनी
नैना केही उपाय थिएन हार खाइसकेको थिए ।
सुभम पछि सबै कुरा भन्नू राम्रोसँग सम्झउनु है
तिमी साथ देउ है सुभमले भन्यो
मेरो साथ सधै छ सुभम नैनाले भनी
म एक छिनमा आउछु है सुभम त्यहाबाट गयो
उता दोहोरी चल्न थाल्यो एकदमै रमाइलो हुन थाल्यो
रुहीलाई सिन्धुर हाल्ने बेला पनि भयो
माइतीको दाजुभाइ नदेखिनु है पण्डितले भने
रुहीलाई सिन्धुर लगाईदिए रुही निकै रुन थाली डाको छोडेर रुन थाली
सबिनाले सम्झाइ बुझाइ गरि ।
उसको मन किन किन मानेन
पर बाट सुभम पनि रोयो
तपाई दुलही को बाबा हो सबैले सोधे
होइन आँसु पुछ्दै भन्यो
सुभम भित्र आयो
किन मलाई मेरो र मेरी रुहीको छोरी अन्माए जस्तो भएको छ के मलाई किन यस्तो हुदै छ सुभम एक्लै बोल्न थाल्यो ।
आँसु पुछ्दै फेरि बाहिर आयो ।
लघभग अब बिहेको काम सकिन लागेको थियो
रुहीलाई भित्र लगे
सबिना र रोहितले दाईजो
दिन थाले साच्चै दाइजो एकदमै धेरै थियो
सुभम रिसायो
उनिहरुले कार पनि दाईजो दिएका थिए ,
गाउले सबै दंग परे
सुभमले रिसाउदै सबिना र रोहितलाई भित्र बोलायो
के गर्नु भएको त्यस्तो छोरी पनि दिने दाइजो पनि दिने झर्किदै भन्यो
तपाई चुप लाग्नु उनिहरुले कति गहना ल्याएका छन थाहा छ सबिनाले भनी
कति सानो सोच है आज रुही करोडौ मुल्यमा बेचिने भई है सुभमले भन्यो
बाबू हाम्रो छोरी हो हामी जे सुकै गरौ तपाई बिचमा नबोल्नु रोहितले भन्यो
वा दाइ वा खुसि लाग्यो आज हाम्रो रुही धनमा बेचिदा यति भनेर बाहिर आयो
बेहुली अन्माइदिनु ढिला हुन्छ बाहिर बाट आवाज आयो ।
आमा म जान्न रुही रोइदिन पो थाली
सानू यसरी नरोउ मलाई गाह्रो हुन्छ ।
बाबा म तपाई हरुलाई छोडेर जान्न । मलाई नपठाउनु न मेरो भारि भएको छ बाबा रुही रुन थाली
सुभमले सुन्यो
रुही धेरै रुन थाली
सुभम बाहिर आँसु पुछ्यो
नैना आइ
केटा मान्छे रुदैनन भनेको सुनेको थिए होइन रहेछ नैनाले भनी
नैना यो मन छनि कस्तो दुखेको छ उसले झ्याप्प अङगालो हाल्दै भन्यो ।
सुभम छोरी मान्छे जन्मघर छोड्नै पर्छ नैनाले रुदै भनी
नैना आज आफ्नो रुही टाढा पठाउदै छु जस्तो लागेको छ ।सुभम झन रोयो
रोहितले रुहीलाई बोक्न थाल्यो
बाबा म जान्न रुही झन डाको छोेडेर रुन थाली
सुभमले सुन्यो
नैना जाउ न रुही लाई नरोउ भन न मलाई दुख्छ गाह्रो हुन्छ सुभमले रुदै भन्यो ।
नैना ले आसु पुछ्दै रुही भएको ठाउँ गई
बोकेर जग्या घुमाउन थाले म जान्न भिनाजु मलाई नपठाउनु न रुही त झन रुन थालि
गाउले सब रुन थाले
मेरो नातिनी लाई यता ल्याइदेउ न हजुर आमाले भन्नुभयो ।
हजुर आमा म जान्न म गए पछि कसले कपडा धोइदिन्छ म जान्न रुही रुन थाली
हजुर आमा मलाई रोक्नु न रुही डाको छोडेर रुन थाली
हजुर आमालाई सुभमले सम्झायो
सबिना भित्र रुदा रुदा थकित भएकी थिई
भिनाजु मेरो माया लाग्छ भने मलाई नपठाउनु उ एकदमै रुन थाली
सुभम रुहीको नजिक गयो
दाइ म बोक्छु सुभमले भन्यो
रोहितले भुइमा राख्यो
रुही झ्याप्प अङगालो हालेर रुन थाली
म जान्न म हजुर संग बस्छु अङगालो बाट नहटि भनी
रुही म पनि नजिक हुन्छ यसरी रुने होइन
भिनाजु मलाई जान मन नै लागेन म यहि बस्छु मलाई संसार छोडे जस्तो भएको छ भिनाजु डाको छोडेर रुन थाली
रुही यसरी रुन्छन त हेर त सबै रोएका छन नरोउ न नैनाले सम्झनउदै भनी
म जान्न किन कुरा बुझ्नु हुदैन झन रुन थालि
सुभमले जबर्जस्ती बोकेर कारमा लगेर राखिदियो ।
भिनाजु हजुरआमाको ख्याल कसले राख्छ मेरो आमा एक्लै हुनुहुन्छ बाबा एक्लै हुनुहुन्छ म जान्न झ्यालमा हातले हान्न थाली ।
ल ल छिटो लाने सुर गरौ प्रतिकले भन्यो ।
सुभम सबिना र रोहित भएको ठाउँ आयो
सब बसमा बसे
भाउजू म हुन्छु नरोइकन बस्नु है दाइ आमालाई समाल्नु है हामी लाग्छौ
रोहित प्रतिकको नजिक गयो
ल त ज्वाइँ पाले पुण्य मारे पाप छोरीलाई दान गरिसकेका छौ आज बाट तपाईंको जिम्मा रुदै भन्यो ।
पिर नगर्नु म उसलाई केही कुराको कमि हुन दिन्न प्रतिकले भन्यो ।
सुभम पनि आयो बाजा बज्न थाल्यो ल जाउ अब जन्ति बेहुली अनि बाजा सहित त्यहाबाट हिडे ।
जन्ति त गए बेहुली को घर सुनसान भयो ।रुहीले त जन्म घर छोडेर गई। तर यादहरु त्यहि रहिरहे गाउले हरु आँसु पुछ्दै फर्किए
सारै रुहाएर गई यहि भन्दै गए
सबिनाले पर सम्म हेरिरहि
भोलि आउछन सबिना नरोउ काकीले भनिन ।
काकी नमान्ने रहेछ मन रुन थाली ।
साच्चै एकदमै सुनसान भयो बेहुली अन्मिएको जन्मघर ,।।
#क्रमश
भाग्य आआफ्नो कसलाई के थाहा छर ?
छोरीले जन्म घर छोड्नै पर्छ ढिलो चाडो फरक यति हो ।
हेरौ अब बिहे पछि कस्तो जिन्दगी जिउछे रुहीले ? 

Post a Comment

0 Comments