ए आमा मलाई तिमी संगै जानू छ बोलिदेउ न मेरी आमा नैनाको आँसु बरबरि खस्न थाले
सीता यस्तो के गरिस नि तैले गाउले सब रोए ,,
अतीत एकदमै दुखि भए सरासर घरमा गएर बाबाको मोबाइल झिकेर रबि सरलाई फोन गरे ,
फोन उठेन
फेरि गरे फोन उठायो
रबि सर मेघ्ना दिदिको आमाले आत्महत्या गर्नुभयो छिटो आउनुहोस यति भनेर फोन राखिदिए ।
मेघ्ना आमाले आत्महत्या गर्नुभयो रे रबिले भने
रबि यो के भनेको
मलाई घर पुराइदेउ छिटो रबि मेघ्ना रुन थाली ,
तर मेघ्ना अब के भन्छन रबिले भने
मलाई मतलब छैन छिटो पुराइदिनु रुदै भनी
रबिले बाइकमा फेरि आफ्नो ठाउँ लिएर आउन लागे ,
जन्तिहरु आँसु थाम्न सकेनन
बेहुला नैनाको नजिक पुगे
नरुनुस जे नहुनु थियो भयो समाल्नुस आफुलाई
कसरी समालु कसरी नैना झन रुन थाली
उनले नैनाको आँसु पुछ्दै अङगलो हाले ,
अतितले देखिहाल्यो नैनाको नजिक आयो
मुसि त यसरी रुने हो त किन यस्तो गरेको तैले भन त
अतीत आमा संग भेट्न पनि दिएनन झन रुन थाली
अतितले नैनाको हात समायो ,
लास लिएर जान थाले ,
आमा मेरो आमालाई आगोले पोल्छ म जलाउन दिन्न नैना झम्टी झम्टी रुन थाली ,
नैना त यस्तो गर्ने गाउले ले गालि गरे ,
अतितले समायो हातमा
लास उठाउदै थिए
मेघ्ना रुदै आइ
आमा चिच्याउन थाली
मेघ्नाको बोली सुनेर अतितले समाएको हात जबर्जस्ती हात हटाएर मेघ्नालाई घकालिदिई
मेरो आमालाई छुने अधिकार छैन तलाई त को होस रुदै एकोहोरो पागल जस्तै भएर बोल्न थाली ।
आमा आमा म एकपटक मुख हेर्छु नि मेघ्ना रुन थाली
आमाको स्वाभिमान मा ठेस पुराउदा आमाको मुख याद आएन तलाई भन्दै गालामा थप्पड हान्न सुरु गरिन ,
नैना मलाई छोड न आमाको मुख हेर्छु नैनाको हात हटाइ
तलाई मैले लास हेर्न त के छुन नि दिन्न त हाम्रो लागि मरिस तैले मेरी आमा खोसिस म बाट... किन यस्तो गरिस किन
तैले मेरो सबै लुटिस त लुटेर होस त यहाँ बाट जा नत्र म तलाई मारिदिन्छु नैनाले निकै रुदै भनिन ।
लास लिएर जानुस काका यो पापिनी ले हेरि भने मेरो आमाको स्वार्गमा बाँस हुदैन समीर तिमी जाउ आमाको लास जलाएर आउ रुदै भनी
लास लिएर जाँदै थिए
आमा ........ नैना छोड मेरो बाटो
नत्र म तलाई चोट पुराउन नि सक्छु मेघ्ना रिसाउन थाली
तैले यो भन्दा बढि चोट कसरी दिन सक्छेस तैले मलाई जिउदो लास बनाइस कस्तो चोट दिन्छेस मलाई भन भन्दै मेघ्नाको गालामा थप्पड हानेको हानेइ गर्न थाली
नैना यस्तो नगर अतितले हातमा समायो
हेर है अतीत मलाई छोड म यसलाई म मेरो आमाको लासमा यसको छाया पर्न पनि दिन्न भन्दै मेघ्नालाई समाउदै थिई
मेघ्नाले नैनाको हातमा समाएर हातमा खुट्टाले हानेर नैनालाई धक्का दिएर पर आइ
ऐया आमामामााााा
नैना चिच्याउन थाली
नैनाको निधार बाट रगत धेरै बग्न थाल्यो ।
#क्रमशः
आखिर मेघ्ना के चाहान्छे ?
कतै मेघ्नाको सानो गल्तीले नैनाको जीवन बर्बाद त हुने होइन ?
अर्को भाग Next
0 Comments
thanks for reading and visits this site