मेघ्नाले बच्चालाई बाहिर लिएर गइन
नैनाले ओछ्यानमा छामी दिदिलाई नदेखे पछि मेघ्ना दिदि मेघ्ना दिदी उसले खोजी
आमाले थाहा पाइन
के भयो नैना
उठेर बत्ती बालिन
आमा दिदी छैन
ओछ्यानमा छोरा पनि थिएनन
सिताको मन आत्तियो के गरौ कसो गरौ भइन
बाहिर हेरिन अलि पर मेघ्नालाई देखिन
मेघ्ना
आमाको बोली सुनेर मेघ्ना झसङ्ग भइ
कता जान लागेकी मेघ्ना
मेघ्नाले आमातिर हेरि
ल भित्र हिड हातमा समाउदै लिएर गइन
के गरेकी भन त नानी
हजुरले किन माया नगरेको हामीलाई मेघ्ना रुन थाली
कसले भन्यो माया गरेको छैन भनेर लाटी आफ्नो आमालाई सन्तानको माया हुदैन र सिताले गाला सुमसुमाउदै भनिन
जब यो भाइ आयो तब माया पाउन सकिन मलाई खाना पनि आफै खाउ भन्नुभयो मेघ्ना घुक्क घुक्क रुन थालिन ।
मेघ्ना मेरो यस्तो बुजाकी छोरी यस्तो कुरा किन गरेको
मेघ्ना दिदी आमाले हामीलाई माया गर्नुहुन्छ नि अब हाम्रो सानो भाइले हामीलाई दिदी भन्छ भन्दै हास्न थाली
मेघ्ना नैना मैले तिमीहरुलाई पनि यसरी नै हुर्काएको हो यो बच्चा कसको हो थाहा छैन तर म यसलमई मेरो नाम दिन्छु मलाई बचन देउ मेघ्ना नैना आज बाट यश बच्चालाई आफ्नो भाइ मान्ने छौ कहिल्यै भन्ने छैनाउ कि यो बच्चा भेटिएको हो वचन देउ मेघ्ना वचन देउ नैना सिताले भनिन
वचन भयो आमा यो मेरो भाइ हुनेछ नैनाले भनी
मेघ्ना मैले गर्ने मायामा कमि आउने छैन छोरी आमाले भनिन वचन भयो आमा मेघ्नाले भनी
आमा एकदमै खुसि भइन ।
यसरी दिन बित्न थाले
गाउमा बच्चा ल्याएको कुरा गाउलेले थाहा पाए
कति ठुलो मन छ सिताको कतिले राम्रो भने कतिले नराम्रो ,
सिताले आफ्नो जिम्मेवारी पूरा गरिरहिन
मेघ्ना र नैना स्कुल जान्थे
सिताले दाउरा माथि घाँस माथि छोरा समिरलाइ लाई बोकेर हिडिन उनले समीर नाम राखिदिइन ।
समिरलाई हुर्काउन निकै दुख गरिन बिस्तारै बिस्तारै समीर पनि ठुलो हुदै गए ।
मेघ्ना नैना समीर अब तिनै जना ठुला भए घरमा सिताको लागि खुसियालि भरिएर आयो मेला पात गरेर सिताले तिनै जनालाई हुर्काइन बढाउन तिर लागिन
मेघ्ना ठुली भइन
नैना 5 पढ्न थालिन
समीर स्कुल भर्न भएको थियो
लगभग मेघ्ना अब slc दिने भइसकेकी थिइनद
नैनाले समिरलाई एकदमै माया गर्थिन ।
एक दिन समीर पढ्दै थिए
एकजना साथीले कापी चोरेको भन्दै चोर चोर भनिदिए
नैना आफ्नो भाइ भएको ठाउँ पुगि
के भयो समीर
दिदी मैले कापी चोरेको छैन समीर रुन थाले
मिसले समिरलाइ सोधखोज गरिन
मैले चोरेको छैन दिदी समीर रुन थाले
मेरो भाइले यस्तो गलत काम गर्दैन नैनाले भनी
दिदि दिदी भन्दै नैनाको नजिक पुगे
नैनाले काखमम लिएर घर आइन
मेघ्ना घर आइसकेकी थिइन
मेघ्ना दिदि नैनाले बोलाई
मेघ्ना बाहिर आई
ल ल कपडा फेर अनि खाजा दिन्छु ,
नैनाले आफू पनि कपडा फेरि भाइको पनि कपडा फेरिदिइ
मेघ्ना दिदी आमा खोइ त नैनाले सोधी
पानी लिन जानुभएको छ मेघ्नाले भनी
सीता पानी भरेर फर्किदै थिइ लेउ लागेको ढुङगामा चिप्लेर ढुङगामा पछारिन पुगिन
ऐया मरे नि उनी चिच्याउन थालिन निधारबाट रगत बग्न थाल्यो ।
#क्रमश
के होला अब सितालाई ?
कतै सबै जिम्मेवारी मेघ्नाले उठाउन पर्ने त होइन ?
0 Comments
thanks for reading and visits this site